कारोबार हुने साताको पाँचौं अर्थात अन्तिम दिन आज नेप्स्े २२.८५ अंकले वृद्धि

  • Clock icon
    २०८३ आश्विन २, शुक्रबार

साताको पाँचौं तथा अन्तिम कारोबार दिन आज शुक्रबार शेयर बजार बढेको छ। आज नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ११.९३ अंकले बढेर २६२४.३६बिन्दुमा पुगेको थियो।

आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आज कारोबार बढेर रकम ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ पुगेको छ। बिहीबार ५ अर्ब ४९ करोड ४७ लाख ६७ हजार रुपैयाँको कारोबार भएको थियो।

आज क वर्गाका कम्पनी सेन्सेटिभ इण्डेक्स ५.३२ अंक, फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंकले बढेको छ।

कुल ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर खरिदबिक्री भएका छन्। स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशतले बढेको स्टक एक्सचेञ्जले जनाएको छ।

 

  • Clock icon
    २०८३ आश्विन २, शुक्रबार