नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कंडेलले शेयर बजार बारे अर्थ मन्त्रालयले स्वार्थ समूहहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । हालको शेयर बजारको अवस्थाको कारण यही भएको उनको भनाइ छ ।
महासचिव कंडेलले भनेका छन्, ‘शेयर बजारको बारेमा नेपालको अर्थ मन्त्रालय, नेपालको अर्थसम्बन्धी विशेष चासो राख्नुपर्ने संघसंस्थाहरूले खासै ध्यान नदिएको र केही सीमित व्यक्ति र संस्थाहरूसँग स्वार्थ समूहरूसँग मात्रै बढी सहकार्य गरिरहेको हामीले महसुस गरेका हौं । त्यसको परिणाम नेपालको अहिलेको शेयर बजार हो ।’
अर्थ समितिमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघ–संस्थासँग छलफल जारी छ ।
छलफलमा बोल्नेक्रममा नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव कंडेलले नेपालको अहिलेको शेयर बजारको अवस्थाको कारण अर्थ मन्त्रालय र नेपालको अर्थसम्बन्धी विशेष चासो राख्नुपर्ने संघसंस्थाहरूले राखेको प्राथमिकताको परिणाम भएको दाबी गरे ।
नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन बलियो कानुन चाहिने उनले माग गरे ।
२०६३ सालको कानुन लिएर हिंडिरहेको भन्दै उनले विश्व बजार कहाँ पुगिसक्यो भनेर ख्याल गरेर समयाअनुकुल ऐन आउनुपर्नेमा जोड दिए ।
२० वर्ष पूरानो ऐन र निर्देशिकाको आधार बजार चलाइराखेको भनेर उनले समयाअनुकुल ऐन आउनुपर्नेमा जोड दिएका हुन् ।
अर्बौैंको चलखेल गर्नेहरूलाई एक डेढ वर्षको जेल सजाय भनिन्छ र त्यसमा पनि उन्मिुक्ति दिएर ४०र५० हजार जरिवाना गरेर छाड्ने प्रवृति रहेको बताए ।
साथै, धितोपत्र बोर्डका अधिकांश अध्यक्षहरू राजीनामा दिएर भागिरहेको उनले बताए ।
‘
