आज नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा पुगेको थियो।
आज कारोबार रकम ४ अर्ब ७६ करोड ४४ लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँको करोबार भएको थियो।
क वर्गका कम्पनीको कारोबार सेन्सेटिभ इण्डेक्स २.०२ अंक, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ।
कुल ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारमा १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर खरिदबिक्री भएका छन्।
कारोबारमा आएको २ उपसमूहको परिसूचक बढेको छ। ११ उपसमूहको परिसूचक घटेको छ।
लगानीकर्ताले २०७८ भदौ २ गते कायम भएको हालसम्मकै उच्च ३ हजार १९९.०३ बिन्दुको कीर्तिमान पुनः पार हुने प्रतीक्षा गरिरहेका छन्।
