१४ डिसेम्बर १९९० मा, संयुक्त राष्ट्र महासभाले १ अक्टोबरलाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोकेको हो ।
यो पहिले उमेर सम्बन्धी भियना इन्टरनेशनल प्लान अफ एक्सन जस्ता पहलहरू द्वारा गरिएको थियो ।
जसलाई विश्व एसेम्बली अन एजिंगले अपनाएको थियो र त्यस वर्ष पछि संयुक्त राष्ट्र महासभाले हरेक वर्ष अक्टोबर १ लाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस का रूपमा अनुमोदन गर्यो।
संसारभरि जस्तै नेपालमा पनि मानिसको सरदर आयु बढेको छ जसले गर्दा ज्येष्ठ नागरिकहरूको सङ्ख्या पनि बढ्दै छ ।
हाल संसारमा ६० वर्ष नाघेका मानिस ७६करोड छन् भने यो जनसङ्ख्या सन् २०५०मा दुई अरब पुग्नेछ ।
वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ६० वर्ष उमेर पुगेका मानिस कुल जनसङ्ख्याको ९ प्रतिशत करिब २५ लाख रहेको थियो र यो अनुपात बढ्दो छ ।
समाजको खुल्ला डबली अनि पलेँटीहरूमा ज्येष्ठ नागरिकहरूलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरू प्रदान गरौँ ।
यहाँ पालोको पैँचो सबैले तिरेका छन् । हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौँ । त्यसो हुँदा ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गरौँ ।
बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा ।
साँझमा कामबाट थाकेर घर फर्कँदै गरेका बुवाले हातमा बोकेको प्लास्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।
