नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बिहीबार ४.५६ अंकले बढेर २६२५.८२ बिन्दुमा बन्द भएको छ। नेप्से लगातार ६ कारोबार दिनदेखि बढिरहेको छ।
यस दिन ३४९ वटा स्टकको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। अघिल्लो दिन बुधबार ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको थियो।
आज बिहीबार बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर रमूल्य ४० रुपैयाँ ९० पैसाले बढेर ३१३ रुपैयाँ ९० पैसा पुगेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स र लक्ष्मी उन्नति कोषको मूल्य पनि करिब साढे ६ प्रतिशतले बढेको छ।
