उदयपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते (नामावलीसहित)

  • Clock icon
    २०८३ आश्विन २९, बिहीबार

काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।

काठमाडौँबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८५२२ न. को बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा आफै अनियन्त्रित भई रोडको साइडमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको वसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो।

बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन्। तीमध्ये गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

बस चालक जिल्ला ओखलढुङगा चम्पादेबी गा।पा। वडा नं। १० बस्ने वर्ष अ। ३० को सुमन खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यि हुन् घाइते
१. जिल्ला खोटाङ् हलेसी तुवाचुङ  जिना राई, अवस्था मध्यम
२. जिल्ला संखुवासभा गोठखोला छिजी शेर्पा, अवस्था सामान्य
३.को निजको श्रीमान निङमा शेर्पा, अबस्था सामान्य
४. जिल्ला सुनसरी भोक्रा नर्सिङ न।पा। वडा नं। ४ बस्ने वर्ष अ। ४० की माया भुजेल, अवस्था सामान्य
५, सक्षम भुजेल, अवस्था सामान्य।
६. बिरेन्द्र थाम्सुहाङ, अवस्था सामान्य।
७. जिल्ला ओखल्ढुङ्गा धन बहादुर जोगी, अबस्था मध्यम रहेकोले धरान रिफर भएको ।
८. जिल्ला उदयपुर चौदण्डीगढी की बिमला नेपाली, अबस्था सामान्य,
९.जिल्ला खोटाङ चिसापानि  २३ की कमला बस्याल, अवस्था मध्यम।
१०. जिल्ला सङ्खुवासभा धर्मदेबि २२ की पबित्रा कटवाल, अवस्था सामान्य
११. जिल्ला काठमाण्डौ शंखरापुर साखु बस्ने बर्ष अं. ३५ की लुना कार्की अवस्था सामान्य
१२. आगमन अवस्था सामान्य।
१३. जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा.वडा नं.२ बस्ने बर्ष अं. ७० की पदम कला राई, अवस्था सामान्य ।
१४. जिल्ला मोरङ बेलबारी न।पा। वडा ६ बस्ने वर्ष अं. २१ की भुमिका कार्की, अबस्था सामान्य।
१५.जिल्ला धनकुटा पाख्रिबास गा।पा. वडा नं.५ बस्ने ३५ की मन्दिरा तामाङ, अबस्था सामान्य रहेको।