काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले फोनेपे होनर्स प्रोग्राम २०८३ अन्तर्गत डिजिटल भुक्तानी सेवामा उत्कृष्ट उपलब्धि हासिल गर्दै चार प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। कम्पनीले फोनेपे कार्ड जारी, क्यूआर कारोबार तथा प्रत्यक्ष भुक्तानी कारोबारका विभिन्न विधामा सम्मान पाएको हो।
कम्पनीले सबैभन्दा बढी फोनेपे कार्ड जारी, जारीकर्ताका रूपमा सबैभन्दा बढी फोनेपे क्यूआर कारोबार, प्राप्तकर्ताका रूपमा सबैभन्दा बढी फोनेपे क्यूआर कारोबार र जारीकर्ताका रूपमा सबैभन्दा बढी फोनेपे प्रत्यक्ष कारोबार विधामा सम्मान प्राप्त गरेको जनाएको छ।
डिजिटल भुक्तानी सेवामा हासिल भएको यो उपलब्धिले मञ्जुश्री फाइनान्सको प्रविधिमैत्री वित्तीय सेवा विस्तार र डिजिटल कारोबार प्रवर्द्धनमा रहेको सक्रियतालाई उजागर गरेको छ। कम्पनीले यस सफलताको श्रेय आफ्ना ग्राहक, साझेदार तथा समर्पित कर्मचारीलाई दिएको छ।
चार विधामा प्राप्त सम्मानले डिजिटल वित्तीय सेवाप्रतिको विश्वास र सहकार्यलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। ‘Behind Your Happiness’ भन्ने मूल नारासहित अघि बढिरहेको मञ्जुश्री फाइनान्सले ग्राहकलाई सहज, सरल र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्ने लक्ष्यलाई निरन्तरता दिएको छ।
