हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

  • Clock icon
    २०८३ कार्तिक २०, शुक्रबार

हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको हो ।।

भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ ।

 

 

 

  • Clock icon
    २०८३ कार्तिक २०, शुक्रबार