खेलाडी मैदान छोड्न बाध्य तर ५० लाखका फाउस्टो इसिद्रो मेजा फ्लोरेस कता ?

मेक्सिकन सेनाले अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) को मोस्ट वान्टेड सूचीमा रहेका लागुऔषध माफिया फाउस्टो इसिद्रो मेजा फ्लोरेसलाई पक्राउ गरेको छ।

सीएनएनका अनुसार राति बेसबल खेलका क्रममा उनलाई गिरफ्तार गरिएको हो।

त्यस क्रममा सेनाले हेलिकप्टरबाट गोलीसमेत चलाएको थियो।

गोली चलेको आवाज सुनेपछि दर्शकहरू रंगशालाबाट भागेका थिए भने खेलाडीहरू मैदान छोड्न बाध्य भएका थिए।

लागुऔषध माफिया इसिड्रो मेक्सिकोको ग्वासेभमा रहेको मेजा-फ्लोरेस आपराधिक संगठनका प्रमुख हुन्।

एफबीआईका अनुसार मेजा-फ्लोरेसले संयुक्त राज्य अमेरिकामा ठुलो मात्रामा हेरोइन, मेथाम्फेटामाइन, कोकेन, फेन्टानिल र गाँजा ओसारपसार गरेको, राखेको र आपूर्ति गरेको आरोप छ।

एफबीआईले उनलाई पक्रिन सूचना दिनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

मेजा फ्लोरेसलाई २०१९ मा लागुऔषध तस्करी र हतियार राखेको आरोपमा मुद्दा दर्ता गरिएको थियो। उनलाई यसअघि २०१२ मा पनि लागुऔषध तस्करी गरेको आरोप लगाइएको थियो।