ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २५ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ५, अवस्था ठिक नभएको ६ र अन्यमा २३१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कारबाहीद्धारा सरकारलाई राजश्व प्रदान भएको छ । नराम्रो काम गर्दा लिने जरिवानाले आर्थिक वृद्धि भएपनि नियममा बस्नुपर्छ । सवारी चलाउँदा नियम पालना गर्नुपर्छ ।
