लगातार उकालो लागेको शेयर बजारमा कारोबार हुने साताको चौथो दिन आज ओरालो लागेको छ ।
कारोबार हुनेमा आज बिहिबार नेप्से १०.८९ अंकले ओरालो लागेर २६३६.७५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४१ प्रतिशतले घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।
आज कूल ३५५ कम्पनीका यति ४९,८०६ कारोबारबाट ५ अर्ब ४८ करोड ९५ लाख ४ हजार १ सय १ रुपैयाँ बराबरका १ करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर किनबेच भएका छन् ।
