आज सर्वोच्चद्वारा अस्वीकार-व्यवसायी शंकरलाल अग्रवाललाई रिहा
सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवाललाई रिहा गर्न सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ। आज बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा दर्ता गर्नै अस्वीकार गरेको हो। सर्वोच्च प्रशासनले बन्दीप्रत्यक्षीकरणको रिट दरपिठ गरेपछि अग्रवालको तर्फबाट इजलासमा निवेदन दिइएको थियो। इजलासले पनि रिट दर्ता नगर्ने प्रशासनको आदेशलाई सदर […]