ओलीको प्रवेशसँगै ऊर्जामा विस्तार

केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै जलबिद्युत क्षेत्रमा तिब्र विकासले गति लिएको छ । ऊर्जा क्षेत्रमा लगानीका नयाँ गन्तब्यहरु खुलेका छन् ।

तथापी धितोपत्र बोर्डमा रोकिएर रहेका विद्यूत क्षेत्रका आईपिओका फाइलहरु खुला गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले दश वर्षमा २८ हजार ५०० मेघावट विद्यूत उत्पादनका लागि नीजि क्षेत्र तथा सरकारले दिनरात नभनी काममा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको ऊर्जा क्षेत्रमा देखिएको गतिशिलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सबैले साथ दिनुपर्ने उल्लेख गर्नुभयो ।