नुवाकोटको तारकेश्वर ६ का वडा अध्यक्ष रिमालको निधन – शोक वक्तव्य

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण प्रसाद रिमालको निधन भएको छ।

४५ वर्षीय रिमालको सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा निधन भएको तारकेश्वर गाउँपालिकाले जनाएको छ।

वडाध्यक्ष रिमालको निधनप्रति गाउँपालिकाले दुख व्यक्त्त गरेको छ।

आज सोमबार बिहान शोक वक्तव्य जारी गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा रिमालले पुर्‍याएको योगदानलाई सदैव सम्झिरहने उल्लेख गरेका छन्।

वक्तव्यमा रिमालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

गाउँकार्यपालिले सोमबारको दिनलाई ‘शोक दिवस’ को रूपमा घोषणा गरिएको छ।

आज तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्षा अधिकारीले बताए।

साथै आज सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।