नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टन्डन र पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलबिच छलफल भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितिका सभापतिसमेत रहेका टन्डन र पौडेलबिच नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको हो । साथै, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्क स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रिटका लागि नेपाललाई शीर्ष गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
सोही अवसरमा पोर्चुगलमा रहेका नेपालीका समस्या समाधान गर्न आफू लागिपरको राजदूत पौडेलले बताए । पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको पनि राजदूत पौडेलले बताएका छन् ।