प्रधानमन्त्री ओली, आज स्वदेश आइपुग्ने

  • Clock icon
    २०८२ श्रावण २३, शुक्रबार

तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशका लागि प्रस्थान गर्नुभएको छ ।

उनको सचिवालयका अनुसार तुर्कमेनिस्ताको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्कने क्रममा आज दुबई प्रस्थान गर्नुभएको हो ।

प्रस्थान गर्ने बेला प्रधानमन्त्री ओलीलाई त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री लगायतले बिदाइ गरेका थिए ।

धानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ।

 

  • Clock icon
    २०८२ श्रावण २३, शुक्रबार