दशैंपछि साताको पहिलो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्जमा अबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक घटेर बन्द भएको छ।
आज सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ बिन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २।१७ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ३४१ कम्पनीका १ करोड ३३४ लाख ३७ हजार कित्ता सेयर किनबेच भएका छन्।
कुल ३८ हजार ७८८ पटकको कारोबारबाट ४ अर्ब २४ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
