रेडियन्ट ‘ए’ र अपी क्वाटरफाइनलमा प्रवेश

प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो।

सोही दिनका अन्य खेलमा अपीले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो जित हात पा¥यो। अपीले पहिलो खेलमा विश्व निकेतनलाई १३ रनले र दोस्रो खेलमा मनकामनालाई ४९ रनले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो। यस्तै, गेटवे एकेडेमीले मोक्षदालाई ७ विकेटले हरायो भने मोक्षदाले रेडियन्ट ‘बी’ लाई ५ विकेटले पराजित ग¥यो।

लिग चरणको अन्तिम दिन बुधबार ६ खेल हुने तय भएको छ। सो दिनै १ क्वाटरफाइनल खेल पनि हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी दिए।