दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडमा कम्पनी सचिव तथा परिपालन अधिकृतको जिम्मेवारीमा नयाँ नियुक्ति भएको छ। कम्पनीले गत साउन ३० गते बसेको संचालक समितिको बैठकले निरज कुमार चौधरीलाई कम्पनी सचिव तथा परिपालन अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
चौधरीको नियुक्तिसँगै कम्पनीले आन्तरिक प्रशासनिक जिम्मेवारी र नियामक पालनामा थप मजबूती ल्याउने अपेक्षा राखेको छ।