एनएमबि बैंकको ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा अटो लोन सार्वजनिक

एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सिमित अवधिका लागि मात्र ल्याएको छ । कर्जा आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहनु भएका ग्राहकहरुलका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पर्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलव्ध गराउने प्रतिवद्धताको एउटा उदाहरण हो ।

यो अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं E-24 मा बैंकको तर्फबाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ ।