नेपाल बैंकर्स संघका उपाध्यक्ष एबं ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बताउनुभएको छ ।
मंगलबारदेखि सुरु भएको नाडा अटोशोको प्यानल डिसकशनमा बोल्दै उहाँले कामको लागि चार, पाँच ठाँउ धाउनुपर्ने अवस्था आएपनि यसबाट समय र श्रम दुवै खर्च हुने भन्दै यो विषयमा गम्भिर हुनुपर्ने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘सानोतिनो कारणले गर्दा काम ढिला हुने भयो भने यसले कसैलाई राम्रो हुँदैन । यसलाई अलि सरल तरिकाले अगाडि बढाएर लानुपर्छ जस्तो लाग्छ । नेपाल सरकारले कामहरु एकै स्थानबाट सहज रुपमा सम्पन्न गर्न सक्ने वातावरण मिलाउनुपर्छ, किनभने प्रयोगकर्ताहरुलाई त छिटो भए हुन्थ्यो भन्ने हुन्छ । हामीले समयको महत्व नै बुझेका छैनौँ जस्तो लाग्छ । एउटै कामको लागि कोही मान्छे चार, पाँच ठाँउ धाउनुपर्छ । यसबाट समय र श्रम दुवै खर्च हुन्छ, एकै ठाँउबाट काम हुने हो भने त्यो समय त हामीले अन्य कामको लागि प्रयोग गर्न सक्छौँ नि ।’
यस्तै, उहाँले समस्या एकातिर तर देशको नीति अर्को तिर भएको नीति र समस्या बीच तालमेल नै नभएको भन्दै यो विषयमा सरोकारवालाहरुले पनि अलि गम्भिर भएर हेर्नुपर्ने बताउनुभएको छ ।