रिभर फल्स पावरले ७० लाख कित्ता हकप्रद शेयर ल्याउने

रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबर हकप्रद शेयर ल्याउन लागेको हो।

यसअन्तर्गत हाल १ कित्ता शेयर भएको शेयरधनीले १ कित्ता बराबरको अनुपातमा नयाँ शेयर पाउनेछन्। कम्पनीले कुल ७० करोड रुपैयाँ बराबरका ७० लाख कित्ता हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्नेछ।

यस प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन्।

रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म तोकिएको छ।