पशुपतिमा तीज रमाइलो (फोटो फिचर)

आज हर्षोल्लासपूर्वक हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। तीज मनाउन मङ्गलबार बिहान उज्यालो नहुँदैदेखि काठमाडौँको पशुपतिसहित देशैभरिका शिवालयहरूमा व्रतालु महिलाको घुइँचो लागेको छ।

पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाको लागि व्यव्था मिलाइएको शपुपति क्षेत्र विकास कोषले जनाएको छ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन्।

तीजको अवसरमा सरकारले आज महिलाहरुलाई बिदा दिएको छ।

तस्बिर : हरिराम भेटुवाल / रासस