एचजेबीएलमा हाउण्ड्सको लगातार तेस्रो जित

हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले सामाखुशी युथ क्लबलाई ९८-७२ ले पराजित गरेको हो ।

हाउण्ड्सले गत साता रोएल्स र टाइम्स बास्केटबल क्लबलाई पराजित गरेको थियो । लगातार तेस्रो जितपछि हाउण्ड्स ९ अक जोडेर शीर्ष स्थानमा छ । सामाखुशीको भने यो लगातार तेस्रो हार हो । अकविहिन सामाखुशी पूछारमा छ ।