स्वर्णिम वाग्लेले ‘डिप फेक’ अडिओ बनाएको भन्दै साइबर ब्युरोमा दर्ता गरे निवेदन

स्वर्णिम वाग्ले swarnim wagle

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै साइबर ब्युरोमा निवेदन दर्ता गरेका छन्।

उनले सामाजिक सञ्जालमा भारतसँगको सम्बन्ध र सीमा विषयमा मोदीसँग बोलेको जस्तो सामग्री सार्वजनिक भएपछि वाग्लेले आपत्ति जनाउँदै अनुसन्धानको माग गरेका हुन्। ब्युरोले घटना सम्बन्धी छानबिन अघि बढाएको जनाएको छ।

पछिल्लो समय स्वर्णिम वाग्लेले नेपाल भारतको विषयमा भारतलाई ठूलो र भारतको पक्षमा बोलेको आरोप लागिरहेको छ।