प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

प्रदर्शनकारीहरूले आज मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।

ललितपुरका प्रहरी अनुसार जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।