राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र लामो समयदेखि असन्तुष्ट जनाउँदे आएकी सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। उनले पार्टी परित्यागको घोषणा गर्दै पार्टी नेतृत्वप्रति गम्भीर असहमति जनाएकी हुन्।
श्रेष्ठले राजीनामा दिैदै आफ्नो धारणा यसरी प्रस्तुत गरेकी छिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै मैले आलोचना गर्दै आएकी हुँ’।
उनले पार्टी नेतृत्वले कहिल्यै पनि आफ्ना गल्तीहरू स्वीकार नगरेको र आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गराएको आरोपसमेत लगाएकी छन्।
श्रेष्ठले पार्टीले गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबैले बोक्नुपरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । उनले निरन्तर आलोचना गर्दा कुनै फरक नपरेको र उल्टै मिडिया ट्रायलको सिकार बन्नुपरेको आरोप लगाएकी छिन् ।
श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरूलाई पनि लक्षित गर्दै सुझाव दिएकी छिन् । उनले पार्टीका नेताहरूलाई वर्तमान असहज परिस्थितिको प्रमुख कारण नेतृत्वको ‘बहेरापन’ भएको बताएकी छन्।
उनले अन्य पार्टीका युवा नेताप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा लेखिन,’ किन वृद्ध नेता बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’
सुमनाको योजना र कार्यशैली उत्कृष्ठ रहेकाले अहिलेको मन्त्रीपरिषदमा शिक्षा मन्त्री बन्नुपर्ने माग समेत रहेको छ ।
‘