हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन सुरु गरिएको हो ।
आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् ।
एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न ।
उनीहरूले प्रज्वलन गरेका उत्सुकता कतै गणितका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरू भने कतै कला र साहित्यका रूपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ ।
आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर धस्दै वर्णमाला सिकाए ।
‘क’ बाट कछुवा देखि ‘ज्ञ’ बाट ज्ञानीसम्म सिकाए । ‘A’ फर Apple बाट ‘Z’ फर Zebra सम्म सिकाए । त्यसपश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ, ।
विश्व शिक्षक दिवस २०२५ को नारा “The Teachers We Need for the Education We Want: The global imperative to reverse the teacher shortage” विश्वभर शिक्षक अभाव समाधान गर्नुको तत्काल आवश्यकता र महत्वमा जोड दिन्छ। यसले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त दक्ष र प्रेरित शिक्षकको आवश्यकता रहेको बताउँछ।