नि:शुल्क प्रहरी बस सेवा: ५ हजार भन्दा बढी जनाले लिए

  • Clock icon
    २०८३ कार्तिक ७, शुक्रबार

बडादशैंको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट ५ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

नेपाल प्रहरीले दशैंको बेला  उपत्यकाका तीनवटा रुटमा सञ्चालन गरेको उक्त सेवाबाट ६६९ जना पुरुष र ७३७ जना महिला लाभान्वित भएको जनाएको छ ।

जसअनुसार दशैंको दिन ५१० जना र एक दिन अघि ८९६ जनाले नि:शुल्क बस सेवाको उपयोग गरेका थिए ।

बडादशैंका बेला सर्वसाधारणको सहज आवागमन र यातायात सुविधालाई ध्यानमा राख्दै नेपाल प्रहरीले उक्त सेवा सञ्चालन गरेको जनाएको छ ।

आज शुक्रबारसम्म जारी रहेको बस सेवाबाट ५ हजारभन्दा बढीले सेवा लिएको नेपाल प्रहरीले जनाएको छ ।