इनड्राइभ नेपालको ब्रान्ड एम्बेसेडरमा स्वस्तिमा खड्का

काठमाडौं । नेपाली सिनेमा जगतकी चर्चित नायिका स्वस्तिमा खड्का लाई इनड्राइभले आफ्नो नयाँ ब्रान्ड एम्बासडरका रूपमा प्रस्तुत गरेको छ। उनको सार्वजनिक प्रभाव र पेशागत चिनारीका कारण उनलाई यस भूमिकाका लागि छनोट गरिएको हो।

इनड्राइभले विश्वास लिएको छ कि स्वस्तिमाको यो आबद्धताले कम्पनीको प्रमुख मूल्यमान्यताहरू जस्तै रोजाइको स्वतन्त्रता र निष्पक्षताको विचारलाई नेपाली यात्रु तथा चालकहरूमाझ अझ प्रभावकारी रूपमा स्थापित गर्न मद्दत पुर्‍याउनेछ।
यो सहकार्यले नेपाली बजारमा भरोसा र पारदर्शिताको नयाँ आयाम थप्ने आयोजकहरूको भनाइ छ।