तिहारपछि पहिलो पटक खुलेको शेयर बजारमा सुधार

शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ।

नेपसे ५।१९ अंकले बढेर २५०७.२७ विन्दुमा पुगेको हो।

तिहार विदापछि खुलेको बजारमा आइतबार २ अर्ब ६६ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल ५५ लाख ९६ हजार कित्ता बिक्रीमा सो कारोबार भएको हो।

यस दिन ९८ वटा सेयरको मूल्य बढ्दा १४६ वटाको घटेको र चारवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

एसबीएल डिबेन्चर १० प्रतिशतले मूल्य बढ्दा समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर्स, नेपाल पुनर्बीमालगायतको अधिकतम ८।८९ प्रतिशतसम्म बढ्यो।

यता होटल बन्दको सूचना निकालेको ह्यात होटल्सको सर्वाधिक ७।१६ प्रतिशतले मूल्य घटेको छ।

यसबाहेक भगवती हाइड्रोपावर डेभलपमेन्ट, एसियन हाइड्रो, उन्नति सहकार्य लघुवित्तलगायतको अधिकतम ७।१३ प्रतिशतसम्मले मूल्य खस्किनपुगेको छ।

कारोबारमा भने आज नेपाल पुनर्बीमाको सर्वाधिक ३२ करोडको कारोबार भएको छ।