नेपालको खराब प्रर्दशन

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

नेपालको ११ ओभरमा मात्र ३५ रन २ विकेट
पहिले व्याटिङ रोजेको नेपालको खराब प्रर्दशन छ ।
चालु खेलमा नेपालले २ विकेट गुमाएर ३५ रन जोडेको छ । अहिले ११ ओभरको खेल सकिएको छ ।

यूएईमा टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालका ओपनर कुशल भुर्तेल र भीम सार्की आउट भइसकेका छन्। भुर्तेल १२ बलमा ७ रन जोडेर आउट भए। एक चौका प्रहार गरेका भुर्तेल हैदर अलीको पाँचौँ ओभरको पहिलो बलमा बोल्ड भए।

त्यसपछि आएका भीमलाई मोहम्मद रोहिदले एल्बीडब्ल्यु धरापमा पारे। १३ बलको सामना गरेका भीमले मात्रै ३ रन जोडे। आसिफ सेख १८ रन र रोहित पौडेल २ रन जोड्दै क्रिजमा छन्।

विश्वकप लिग–२ः यूएईविरुद्ध पहिले व्याटिङ गर्ने

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार