आजदेखि सरकारी कार्यालयको कार्य समय घट्यो

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

आज कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयको कार्यालय समय घटेको छ। सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको समयअनुसार अब माघ १५ गतेसम्म कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्नेछ।

यसअघि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको थियो।
शुक्रबारका दिन भने अघिल्ला वर्षझैं कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यथावत् रहनेछ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार-

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५  बजेसम्म रहनेछ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र कार्यालय खुल्नेछ।
शुक्रबारका दिन बिहान १०स्०० बजेदेखि अपरान्ह ३स्०० बजेसम्म कार्यालय समय कायम रहनेछ।

 

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार