कबड्डी रेफ्री ट्रेनिङमा सहभागी हुने टोलीलाई महासचिव झाद्वारा बिदाइ तथा शुभकामना

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

काठमाडौं, अन्तर्राष्ट्रिय कबड्डी फेडरेशन (IKF) को आयोजनामा थाईलेन्डमा हुन गइरहेको अन्तर्राष्ट्रिय निर्णायक तालिममा सहभागी हुने नेपाली टोलीलाई संघका महासचिव अरबीन झाले बिदाइ गर्दै सफलताको शुभकामना दिनुभएको छ।

आज आयोजित एक कार्यक्रमका बिच महासचिव झाले अन्तर्राष्ट्रिय रेफ्री ट्रेनिङ फेज ३ का लागि थाईलेन्ड जान लागेका सहभागीहरूलाई शुभ यात्राको कामना गर्नुभएको हो।

उक्त बिदाइ तथा शुभकामना कार्यक्रममा संघका महासचिव अरबीन झाका साथै सदस्य पर्शुराम ओलि, जेन्जी अगुवा लेनिन बिष्ट, मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षकहरू बिशुनु भट्ट, र हरिना थापा लगायतको उपस्थिति रहेको थियो।

अन्तर्राष्ट्रिय कबड्डी फेडरेशनको आयोजनामा थाईलेन्डको कराबीमा अन्तर्राष्ट्रिय निर्णायक तालिम मिति २०८२/०७/१८ देखि २४ (नोभेम्बर ०४ देखि १०, २०२५) सम्म सञ्चालन हुँदैछ।

अन्तर्राष्ट्रिय रेफ्री ट्रेनिङ फेज ३ को लागि नेपालबाट सहभागी हुनेहरूमा श्री तर्करज भट्ट्, श्री नितु गुरुङ, श्री प्रकाश शह, श्री महेश धामि, र श्री हेमा ओझा रहनुभएको छ। महासचिव झा तथा उपस्थित सम्पूर्ण पदाधिकारीहरूले उहाँहरूलाई हार्दिक बधाई तथा शुभ यात्रा सहित सफलताको शुभकामना व्यक्त गर्नुभयो।

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार