पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानुमलाई पक्राउ गरिएको छ। लाहोर प्रहरीले आइतबार अलिमालाई नियन्त्रणमा लिएको हो। त्यसपछि उनलाई कोट लखपत जेल पठाइएको छ।
इमरान खानको पार्टी पीटीआई (पाकिस्तान तहरिक(ए(इन्साफ) ले ठुलो विरोध प्रदर्शनको तयारी गरिरहेको बेला उनकी बहिनीलाई गिरफ्तार गरिएको हो। पार्टीले जेलमा परेका इमरान खानको रिहाइको माग गर्दै मार्च २७ मा मार्च गर्ने घोषणा गरेको छ। अलिमाले मार्चको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो।
अलिमालाई पन्जाब सार्वजनिक व्यवस्था मर्मत अध्यादेश, १९६० अन्तर्गत हिरासतमा राखिएको छ। यसले स्थानीय प्रहरीले सार्वजनिक शान्तिका लागि खतरा ठानिने जो कोहीलाई पनि पक्राउ गर्न अनुमति दिन्छ।
पीटीआई (पाकिस्तान तहरीक(ए(इन्साफ) ले सेप्टेम्बर २७ मा इस्लामाबादमा लामो मार्चको घोषणा गरेको छ। पीटीआईका संस्थापक इमरान खान २०२३ देखि जेलमा छन्।
