लागु औषध र नगदसहित एक जना पक्राउ

  • Clock icon
    २०८२ कार्तिक २६, बुधबार

लागु औषध खैरो हेरोइन र नगदसहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लागुऔषध खैरो हेरोइन ६.७३ ग्राम र नगद रू ७३ हजारसहित झापा घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामाबगर बस्ने ३३ वर्षीय शङ्कर राजवंशीलाई पक्राउ गरेको हो।

रातको समयमा हिँडिरहेको अवस्थामा शरीर तथा कोठामा खानतलासीका क्रममा लागुऔषध र नगद फेला परेको प्रहरीले जनाएको छ । राजवंशीबाट प्रहरीले तीन थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँबाट तीन पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान भइरहेको छ ।

  • Clock icon
    २०८२ कार्तिक २६, बुधबार