पछिल्लो समय जाडो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्रीमा झर्‍यो

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार

देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।

यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस छ।

हिजो शनिबार यही समयमा ९.६ डिग्री सेल्सियस थियो ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

न्यूनतम बिहान मापन हुन्छ भने अधिकतम साँझ मापन गरिन्छ।

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार