गृहमन्त्रीसँग वार्ता गरेपनि दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट गए सोमबार राति पक्राउ गरेको हो।

प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ।

उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ।

सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो।
यसअघि दुर्गा प्रसाईले गृहमन्त्री लगायतसँग वार्ता समेत गरेका थिए ।