सिद्धार्थ बैंक एनपीएल:विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई दियो २२१ रनको विशाल लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई २२१ रनको विशाल लक्ष्य दिएको छ ।

पोखरा एभेन्जर्ससँगको खेलमा विराटनगर किंग्स

विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो । पोखरा एभेन्जर्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो ।

विराटनगर किंग्सले ब्याटिङ गर्दै

विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् ।

यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ ।

हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।