कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज रातो आलुको मूल्य प्रतिकिलो ८ रुपैयाँ घटेको छ। त्यसैगरि फर्सी, ब्रोकाउली, गोलभेँडासहितका तरकारीको भाउ पनि घटेको छ। प्याज, भन्टालगायतका कतिपय तरकारी भने केही महँगिएका छन्।
कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५०, टनेलको सानो गोलभेँडा ८७, रातो आलु ४०, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर ११७, लोकल बन्दा ५२, स्थानीय काउली ४५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ९५, तने बोडी १६५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १३०, लौका ७८, लोकल परबल ९५, डल्ले फर्सी ५५, पाकेको फर्सी ३५, कन्य च्याउ १६५, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली १३६ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ८५, ठूलो भारतीय गोलभेँडा १००, सानो लोकल गोलभेँडा ६०, टनेलको सानो गोलभेँडा ९३, रातो आलु ४९, सुकेको भारतीय प्याज ३०, लोकल गाँजर १२४, लोकल बन्दा ६०, स्थानीय काउली ४८, लाम्चो भन्टा ७०, डल्ले भन्टा ९५, तने बोडी १६५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ११०, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ६०, पाकेको फर्सी ३५, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।
