काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
इन्स्योरेन्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित ५ प्रतिशत नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकम समेत समावेश गरिएको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ ।
