शिवम् सिमेन्ट्स लिमिटेडको १०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिने साढे १२ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बिहीबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । सभाले समितिले पेस गरेको गत आवको वार्षिक प्रतिवेदनपछि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि तोकेको छ ।
अध्यक्ष गोयलले सेयरधनीले दिएका जिज्ञासा तथा सल्लाह–सुझावलाई कम्पनीले ग्रहण गर्दै जाने बताए ।
