रिलायबल इन्भेस्टमेन्ट क्यापिटलले पायो मर्चेन्ट बैंकरको काम गर्न पाउने अनुमति

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार

रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्य गर्न अनुमति पाएको छ । कम्पनीले २३ मंसिरमा यो अनुमति पाएको जनाएको हो । यसअघि २ मंसिरमा योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा कार्य गर्नसमेत अनुमतिपत्र प्राप्त गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शतप्रतिशत सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्टले सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको हो ।

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार