सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले सेयरधनीहरूका लागि कुल २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
लाभांशको विवरण
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको २५ प्रतिशत लाभांश वितरण गर्नेछ ।
| विवरण | रकम |
| हालको चुक्ता पुँजी | २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ |
| घोषित लाभांश दर | २५ प्रतिशत (नगद, करसहित) |
| नगद लाभांश रकम | ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ |
कहिलेबाट पाइन्छ ?
कम्पनीले घोषणा गरेको यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभा (AGM) मा अनुमोदन गरिएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । यो लाभांश घोषणासँगै कम्पनीमा लगानी गर्ने सेयरधनीहरू उत्साहित भएका छन् ।
