ताइवानमा सम्पन्न APICTA Awards 2025 मा नेपालको ऐतिहासिक उपलब्धि

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार

डिसेम्बर ८, २०२५ — एसिया प्यासिफिक आईसीटी अलायन्स (APICTA) Awards 2025 मा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। डिसेम्बर ५ देखि ८ सम्म चलेको कार्यक्रममा नेपालको प्रतिनिधित्व NAS-IT ले गरेको थियो, जसमा तीन आईसीटी कम्पनी, तीन न्यायाधीश तथा एक अर्थ समन्वयक सहभागी थिए।

KATAHO को ऐतिहासिक सफलता
AddressGraph Nepal Pvt. Ltd. द्वारा विकसित KATAHO – Digital Address System ले Community Services र R&D Project of the Year दुवै श्रेणीमा Second Runner-Up प्राप्त गर्दै नेपालका लागि पहिलोपटक APICTA मा अन्तर्राष्ट्रिय सम्मान जनायो।

अन्य सहभागी कम्पनीहरू

  • Crimson Tech Pvt. Ltd. — AI Machine Vision (Industrial Category)

  • Alpas Technology Pvt. Ltd. — LMC Alert (Public Sector & Government Category)

यी कम्पनीहरूले डिसेम्बर ७ मा भएको APICTA Expo 2025 मा आफ्ना समाधान प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय कम्पनी तथा लगानीकर्तासँग सहकार्य सम्भावनामा छलफल गरे।

नेपालका जजहरु

  • ऋचन श्रेष्ठ — Founding President, NAS-IT; CEO, Quickfox Technologies

  • दिपेन चापागाईं — Vice President, NAS-IT; Country Director, Logpoint Nepal

  • नारायण कोइराला — Executive Committee Member, NAS-IT; Managing Director, Eminence Ways

अतिरिक्त प्रतिनिधि

  • सोनिया श्रेष्ठ — Economy Coordinator, APICTA Awards & Secretariat, NAS-IT

NAS-IT ले सबै प्रतिनिधि र सहभागी कम्पनीहरूलाई बधाई दिंदै KATAHO को सफलता नेपालको नवप्रवर्तन क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिन सक्ने योग्यताको प्रमाण भएको जनाएको छ।

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार