साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि देखिएको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला ३,५०० रुपैयाँले बढेको थियो भने आइतबार थप २,२०० रुपैयाँ बढेर प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दै जानु बजारमा सुनप्रतिको उच्च माग र अन्तर्राष्ट्रिय मूल्य वृद्धिसँग सम्बन्धित रहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्य भने घटेको छ। गत शुक्रबार प्रतितोला ३,९०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला ३,८२५ रुपैयाँमा सीमित भएको छ।
