सुन घट्यो, चाँदी बढ्यो: बजारमा हल्का उतारचढाव

मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा हल्का उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रूपैयाँ निर्धारण गरिएको छ, जुन हिजोको २ लाख ६० हजार ७०० रूपैयाँभन्दा घटेको हो।

बजारमा हिजो मात्र सुनको मूल्य प्रतितोला १९०० रूपैयाँले बढेको थियो भने आज मंगलबार मूल्य १७०० रूपैयाँले बढेको छ। यसरी सुनको भाउमा हल्का घटबढ भईरहेको छ।

त्यसैगरी चाँदीको मूल्य आज तौलमा १५ रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य ३ हजार ८८५ रूपैयाँ प्रतितोला तोकिएको छ। हिजो चाँदीको मूल्य ३ हजार ८७० रूपैयाँ थियो।