स्वरोजगार लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गरिनेछ। यसमध्ये १४.२५ प्रतिशत बराबरको ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत बराबरको ५८ लाख ७९ हजार ४३३ रुपैयाँ ०२ पैसा नगद लाभांश रहनेछ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई शेयरधनीहरुलाई वितरण गरिने स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनाएको छ।