सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश देवकोटाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन्। कम्पनी सचिव पुस्कर जिसीका अनुसार, देवकोटाले पुस ९ गते राजीनामा पेश गरेका हुन्।
बैंकको ४७०औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा माघ १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ।
सुरेश देवकोटाको नेतृत्वमा बैंकले वित्तीय सेवा विस्तार र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएको बताइएको छ। बैंकको नयाँ नेतृत्वले आगामी दिनमा थप मजबुत व्यवस्थापन र विकासको दिशामा काम गर्ने अपेक्षा गरिएको छ।
