स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बेचन गिरी नियुक्त भएका छन्। कम्पनी सचिव चन्द्र मणि चौलागाईका अनुसार, पुस १६ गते बिहान ७:१५ बजे बसेको सञ्चालक समितिको बैठकले गिरीलाई अध्यक्षमा नियुक्त गरेको हो।
यसअघि डा. सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्ष पदावधि पुस १५ गते सकिएको थियो। नयाँ नियुक्ति पुस १६ गतेदेखि लागू हुने बताइएको छ।
बेचन गिरी स्वावलम्बन विकास केन्द्रबाट प्रतिनिधित्व गर्छन्। सोही केन्द्रबाटै गोकुल प्याकुरेल पनि कम्पनीको सञ्चालकमा नियुक्त भएका छन्। साथै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै जयेन्द्र विक्रम शाह पनि सञ्चालकमा मनोनयन भएका छन्।
